१६ चैत्र २०८०, शुक्रबार

जिल्ला स्वास्थ्य कार्यालय गेट नजिककाे खेतमा शंकास्पद वस्तु भेटियाे

खबरसबैको समाचारदाता, हुम्ला बुधबार, आषाढ ०८, २०७९

हुम्ला- जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकाे गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएकाे छ ।

खेत जाेत्ने क्रममा शंकास्पद वस्तु भेटिएकाे हाे  । कृषक साेनाम लामाले खेत जाेत्ने क्रममा उत्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेका छन्।

भेटिएकाे शंकास्पद वस्तु  पाइप बम रहेकाे स्थानीले बताएका छन्। भने यता जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेकाे जनाएको छ ।

नेपाली सेनाकाे डिस्पोजल टाेली शंकास्पद वस्तु भेटिएकाे स्थान पुगेकाे जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र जनयुद्धकाे बेला राखिएकाे पाइप बम हुन सक्ने स्थानीयबासीहरूले बताउने गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्