१६ आषाढ २०७९, बिहिबार

गाउँपालिकाले ल्यायाे एक घर एक धाराेकाे अवधारणा

खबरसबैकाे बुधबार, आषाढ ०८, २०७९

हुम्लाको अदानचुली गाँउपालिकामा एक घर,एक धारा भन्ने अवधारणा ल्याएकाे छ ।  खाने पानीको निकै समस्या हुँदै आएको अदानचुली गाँउपालिकामा नयाँ जनप्रतिनिधिले एक घर एक धाराेकाे अवधारणा ल्याएका छन ।  गाउँपालिकाले  प्रतिवद्धता जनाएसँगै  कार्यन्वयनको क्रममा  एक घर एक धारा बनाउने उद्येश्यले वडान ३ बाट काम सुरू गरेकाे गाउँपालिकाले जनाएको छ । वडा नम्बर १ देखि ६ नम्बर वडासम्म एक घर एक धाराकाे अवधारणा गर्न चरणबद्व तरिकाले काम गरिने अदानचुली गाउँपालिका उपाध्यक्ष कर्ण बहादुर राेकाया (सुधार) जानकारी दिए । उनले खबरसबैकाे अनलाइनसँग खाने पानीकाे समस्या निकै भएकाेले स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गरि काम अघि बढ्ने उपाध्यक्ष राेकायाले बताए । स्थानीय सरकारकाे बजेटले मात्रै नपुग्ने भएकाेले संघ र प्रदेश सरकारसँग आवश्यक बजेट माग गर्नुपर्न उनकाे भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्