१६ चैत्र २०८०, शुक्रबार

कर्णाली प्रदेशकाे बजेटमा, सुदुरपश्चिमका याेजना

खबरसबैको समाचारदाता, सुर्खेत आइतबार, आषाढ १२, २०७९

कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९ र ०८० को वार्षिक बजेटमा सुदुरपश्चिम प्रदेशका केही जिल्लाको बजेट पनि समेटिएको छ । बजेट कितावमा सुदुरपश्चिम प्रदेशका बझाङ, दार्चुला र बैतडी जिल्ला समेटिएका छन् । यी जिल्लाहरुका लागि एक करोड ३० लाख बजेट विनियोजन भएको छ ।कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालयले वेवसाइटमा रातो किताव पिडिएफ राखिएको छ । रातो कितावको पेज नम्बर २४९ र २५० मा बजेट समावेश गरिएको हो ।

जलस्रोत तथा उर्जा विकास मन्त्रालय अन्तरगत नयाँ प्रविधिमा आधारित नदि नियन्त्रण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । सुदुरपश्चिमका ३ जिल्लाका लागि तटबन्ध तथा बाँध निर्माण गर्न ९ योजना छनोट गरिएको छ । न्यूनतम् १० लाख देखि अधिकतम् २० लाखसम्म विनियोजन गरेको बजेटको कुल रकम एक करोड ३० लाख रहेको छ ।

संघिय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तरगत रकम कर्णालीमा आएको कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बताए ।‘सुदुपश्चिम प्रदेश पठाउनुपर्ने योजना यता कर्णाली मा आएको हो’ मन्त्री विष्टले भने, ‘संघले फिर्ता मागेपछि फिर्ता हामीले यहाँबाट निर्णय गरेर पठाउनुपर्ने हुन्छ । यदि फिर्ता नमागेको अवस्थामा रकमान्तर गरी कार्यान्वयन गर्छौं ।’

कर्णालीको बजेट प्रकाशन गरिएको रातो कितावमा सुदुरपश्चिमका जिल्ला समेटिएको पाइएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्