१४ मंसिर २०८०, बिहिबार

सुत्केरी हुन नसकेकी ताजाँकाेट गाउँपालिका की दिलमाया शाहीलाई हेलिकप्टरमा उद्वार

खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, साउन ०६, २०७९

हुम्लाकाे ताजाँकाेटमा प्रसव पिडाले छट्पटाएकी सुत्करीकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।

सुत्केरी हुन नसकेकी ताजाँकाेट गाउँपालिका-४ की २४ वर्षकी दिलमाया शाहीलाई राष्ट्रपति उत्थान कार्यक्रम द्वारा हेलिकप्टरबाट उद्वार गरिएकाे हाे ।

दुई दिन सुत्केरी हुन नसकेकी शाहीलाई नेपाली सेनाकाे हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएकाे ताजाँकाेट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्यनुाङखुले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाकाे पहलमा नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरि सुर्खेतकाे प्रदेश अस्पताल पुर्याएकाे स्वास्थ्य शाखा प्रमुख स्याङकुले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: