खबरसबैको समाचारदाता, काठमाडाैं सोमबार, साउन ०९, २०७९
चलचित्र प्रेमगन्ज जर्मनी लगाएत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्र सरह एकसाथ प्रदर्शन हुने भएको छ । अहिलेसम्मको नेपाली चलचित्रको ईतिहास हेर्ने हो भने धेरै चलचित्र बिदेशमा पर्दशन त भएका छन्, तर नेपालीले नेपाली समुदाय नै ब्यतिगत रुपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको छ ।
तर अब “प्रेमगन्ज“ भने सार्वजनिक रुपमै बिदेशी चलचित्र सरह बिदेशी दर्शकहरुमाझ थिएटर मै प्रदर्शन हुने भएको छ । अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको चलचित्र यसरी प्रदर्शन गर्न लागेको यो नेपाली ईतिइहास मै पहिलो पटक हो । प्रेमगन्ज जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगाएत युरोपका ४४ देशमा पर्दर्शन हुने छ ।
चलचित्र प्रेमगन्जलाई जर्मनी अबस्थित लाेख फिल्म इन्टरटेन्टमेन्ट ले युरोप पर्दर्शन गर्दै छ । जुन जर्मनीको प्रतिन्ठित वितरक कम्पनी हो ।
निर्देशक परिच्छेद सेनका भन्छन्, अन्तर्राष्ट्रिय रुपमा यसरी पदर्शन गर्ने यो पहिलो प्रयास हो । अहिले पैसा भन्दा पनि बाटो खोजिरहेको र यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्ने कुरा निर्देशक सेनले थपे । र चलचित्रको टिजर विभिन्न देशका विभिन्न कम्पनीहरुलाई देखाईरहेको र सबैले नेपालमा पनि फिल्म इन्डट्री छ ? भनेर सोध्नु हुन्छ , यसरी सोध्दा भने दुख लागेको तर एक्प्प्ल टि.भि. गूगल टि.भि, हट्स्टार लगायतका ले चलचित्र हेर्न खोजेको जानकारी दिएका छन् ।
निर्देशक भन्छन्, यो चलचित्र बाट पैसा कमाउने भन्दा पनि आगामी चलचित्रका लागि बाटो खोजिरहेको र भाद्र तीन गते राष्ट्रिय , अन्तर्राष्ट्रिय रुपमा एकसाथ प्रदर्शन हुने छ ।