११ आषाढ २०८१, सोमबार

सिमान्तकृत महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लब

खबरसबैको समाचारदाता बुधबार, भाद्र ०८, २०७९

सिमान्तकृत महिलाको आर्थिक शसक्तिकरणका लागि बर्दियामा बाँके युनेस्को क्लबले शिप विकास तालिम सञ्चालन गरेको छ ।

प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको उद्यमशिलता मार्फत महिलाहरुको आर्थिक शसक्तिकरण, स्वरोजगारी सृजना तथा जिविकोपार्जनमा पहुँच र रोजगार प्रर्वद्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गरिएको थियो । तालिमको शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १२० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताउनुभयो ।

सबै सहभागिलाइ व्यावसायी बनाउने परियोजनाको उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । चार दिनसम्म चल्ने सो तालिममा व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायीक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा प्रशिक्षक डिला प्रसाद ओलीले जानकारी  दिने जनाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्