१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा राजनैतिक चहलपहल र टिकटकाे चासाे

नरजन तामाङ शनिबार, आश्विन १५, २०७९

सिमकाेट– हुम्लामा गठबन्धन दलको तर्फबाट प्रस्तावित नामहरुको सम्बन्धमा शीर्ष नेतृत्व पंतिमा छलफलपछि मात्र टुंगो लाग्ने भएको छ । जसअनुसार संघमा छिरिङ दम्डुल लामा र प्रेम शाही मध्ये एक हुने भनेपनि छक्कबहादुर लामाको नाम पनि चर्चामै छ । यता छक्कबहादुर लामा अब राजनीतिकबाट सञ्यासी  लिने किन के गर्न भन्ने कुरा दुई तिन दिनपछि थाहा हुने बताउदैँ आएका छन ।
प्रदेश (क) का लागि डा.दीपेन्द्र रोकाया निर्विकल्प उम्मेदारको रुपमा देखा परेका छन । प्रदेश (ख) का लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही देखा परेका छन ।
गठबन्धनका अगाडी नेकपा एमालेका दल रावल¸ दल फडेरा र छिमी लामाको नाम चर्चामा भएपनि एमालेले जित्न सक्ने सम्भवना कम देखिन्छ । नेपाली काँग्रेसले दुई प्रदेशको दावी गर्दै (क) प्रदेशमा बागी उम्मेदवारी दिने तयारी गर्न सक्ने हल्ला पनि मच्चाइएको छ ।
यसैबीच हुम्लामा संघमा माओवादीको कमजोर उम्मेदार देखिएकाले हार्न नदिन र हुम्ला जिल्लाको महत्व स्थापित गर्न पार्र्टी अध्यक्ष प्रचण्डलाई संघ र प्रदेश (क )मा डा. दीपेन्द्र रोकायालाई टिकट दिदा माओवादी आन्दोलन जोगिनुका साथै विकट हुम्ला जिल्लाको विकास हुने विश्लेषण हुन थालेको पाइन्छ ।
दलितको भरमा जितिदैन कालिबहादुर विक
कालीबहादुर विकले २०७४ सालमा प्रतिनिधि सभाका लागि जनता समाजवादीबाट चुनाव लडेका थिए । उनले १४ लाख खर्च गरेर जम्मा ३६८ मत पाएका थिए । उनले एकमतको ३८०५ रुपैया खर्च गरेका थिए ।
हुम्लाका दलितहरुले चुनाव अघि उनलाई टिकट ल्याए हुम्लाका दलित मात्र एक भए चुनाव जितिने तर्क र सुझाव दिएका थिए ।
टिकट लिएर गाउँ पुगेपछि त्यो स्थिति रहेन । चुनावी परिणामले दलितको भरमा चुनावमा जानु आत्मघाती काम भएको निष्कर्ष निकाली अहिले माओवादी केन्द्रमा समाहित भई समानुपातिक तर्फ नाम प्रस्ताव गरेका छन ।
ताँजाकोट र चंखेलीको अनुभव
एक पटक सिमकोटमा ताँजाकोट ४ नं वडा अध्यक्ष प्रशान्त धमलाले ताँजाकोट भनेको रुकुम हो र लालकेश जैसी भनेको प्रभाकर हो भनेर सुनाए । उनको कुराले माओवादीका धेरै जना प्रभावित भए । तर लालकेश जैसीकै कारण माओवादी नेता इन्द्र बुढा र अकवीर खड्का लड्ने लड्ने र अन्तमा हारेर उतानो पर्ने गरेका छन । दुबै जनालाई लडाएर पहिलो पटक व्यापारी बागदल मल्ललाई चुनाव लडारएर आफ्नो घरबाट पालिका केन्द्रसम्म आउन र जान सक्ने भयो ।
अहिले त्यही जगमा टेकेर अकबीर खड्कालाई टिकट दिन्छु भन्दै गएको मान्छे आफै झमेला सिर्जना गरेर चुनाव लड्यो । यसैले ताँजाकोटका माओवादी नेता कार्यकर्ता लालकेशका कारण निराश छन ।
उनकै कारण चंखेलीमा स्थानीय तहको निर्वाचनमा हारिएको कुरा बाहिर आउन थालेका छन । चंखेली गाउँपालिकामा माओवादीको तर्फबाट गोविन्द शाहीलाई टिकट दिइएको थियो । यसमा पूर्व पालिका अध्यक्ष धनलाल चौलागाई अगुवा बनेका थिए ।
पार्टीभित्र गुट उपगुट चलाएका कारण निर्वाचन हारेपछि गोविन्द शाहीले आफ्नो पार्टीलाई प्रतिवेदन बुझाउँदै यो चुनाव हार्नुमा ७५ प्रतिशत भूमिका पूर्व अध्यक्ष धनलाल चौलागाईको पनि रहेको उल्लेख गरेका छन ।
तोर्पा केन्द्रित लामाहरुमा विद्रोह
हुम्लाका छक्कबहादुर लामा र छिरिङ दम्दुल लामाको बारेमा बाहिरी समाजमा भ्रम छ भन्दै सिमकोटका प्रेमबहादुर शाहीले आफुले विकल्प दिने बताइरहेका छन । नाम्खा गाउँपालिकाका छवि लामाले छक्कबहादुर लामा र छिरिङ दम्दुल लामाले तोर्पालाई केन्द्रमा राखेर राजनीति गरेको बताएका छन । उनीसँगै मंगल लामाले बाह्रथपाल्या स्वास्थी भएकोमा असन्तुष्टी जनाउँदै प्रदेश सभाका लागि आकांक्षी बनेका छन । तोर्पाकै जुक्मित लामा स्थानीय तहको चुनाव हुँदा आफ्नो श्रीमान चन्द्रसिंह कार्कीलाई उपाध्यक्ष भएपनि हुन्छ भनेर हार गुहार गर्दथ्ये भने अहिले आफु समानुपातिक उम्मेदार भएर देखा पर्न खोजेकी छन ।
पढे लेखेकोलाई टिक्न गाह्रो  
व्यासी समुदायका अगुवा डा. दीपेन्द्र रोकाया माओवादी केन्द्रको हुम्ला जिल्ला संयोजक हुन । उनले प्रदेश सभाका लागि आकांक्षी बन्दै गर्दा पढे लेखेको मान्छे आफुहरुभन्दा माथि जाने भयो भनेर प्रदेश पार्टीका केही जनाले अर्को मान्छे अगाडी सार्न खोजेको बुझिन्छ । पार्टीलाई पारदर्शी रुपमा हुम्लामा काम गर्न थालेपछि इमान्दार रोकायालाई पेल्न लालकेश जैसीले प्रभाकरको नाममा जिल्लामा व्ल्याकमेलिङ गरिरहेका छन । सो कार्यमा जिल्ला इञ्चार्ज विजय भण्डारी मौन देखिएका छन ।
डा. रोकाया पार्टीमा स्वच्छ बहस हुनपर्छ तर गुट हुनुहुन्न भन्ने धारणा राख्दै आएको पाइन्छ । उनको विकल्पमा उठाइएका व्यक्ति दलित समुदायको हो भन्दै नेताहरुलाई उपहार कारोबारो चलाइएको निकट सूत्रले जनाएको छ । सोही कार्यलाई पार्टीका केन्द्रीय सदस्यहरु छक्कबहादुर लामा र वीरजंङ शाहीले आपति जनाइ सकेका छन । उनीहरुले यस्तै हो भने यो पार्टीमा रहन सकिदैन समेत भनेको बुझिएको छ ।
यस्तै सिमकोट गाउँ कमिटी इञ्चार्ज जसबहादुर भण्डारीले पार्टीभित्रको गुटगत खुसखुसको खुलेर विरोध गर्दै आएका छन । यस्तै हो भने पढेलेखेकाहरुले पार्टीमा बस्ने र भविश्य देख्ने अवस्था छैन¸उनले भने । उक्त विषयमा संयोजक रोकायाले भने खुलेर बोल्न चाहेनन ।

यहाँ कमेन्ट गर्नुहोस्