१६ आश्विन २०८१, बुधबार

एमालेबाट टिकट नपाउने भएपछि गंगा चौधरी स्वतन्त्र उम्मेदवार बन्ने घोषणा

खबरसबैको, काठमाडौं शुक्रबार, आश्विन २१, २०७९

एमालेबाट टिकट नपाउने भएपछि एमाले निवर्तमान सांसद गंगा चौधरीले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । केही समय अघि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । उनी एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी थिईन ।
सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन ।
‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागिरहनेछु । जनता भगवान हुन, जनता नै सर्वोपरी हुन । देशलाई शीरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ’ उनले लेखेकी छिन् ।
चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन । त्यस अघि उनी पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी थिईन ।

यहाँ कमेन्ट गर्नुहोस्