१२ मंसिर २०८०, मंगलबार

माैसम खराव भएपछि, मेल्छामका तीन घाइतेलाई हेलिकोप्टरबाट उद्धार हुन सकेन ।

खबरसबैको समाचारदाता, हुम्ला सोमबार, आश्विन २४, २०७९

हुम्ला- अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भनिएतापनि माैसम खराब भएपछि उद्धार हुन सकेन ।

नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेपनि, माैसम खराबका कारण हुम्लाको मेल्छाम तीन घाइते उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले जानकारी दिए। डिएसपी ओझाले आज खराब माैसमका कारण नसकिएकाले भोलि मात्र उद्धार हुने खबरसबैकाे लाइ जानकारी दिएका छन् ।

आइतबार अविरल वर्षाका कारण घर भत्किदा चंखेलीको मेल्छाममा एकै घरका चार जनाको मृत्यु र पाँच घाइते  भएको भएका थिए।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: