खबरसबैको समाचारदाता, हुम्ला बुधबार, कार्तिक ३०, २०७९
हुम्ला- नेपाली सेना बराहदल रानीवन ब्यारेक हुम्लाले माईन जाेखिम कक्षा सञ्चालन गरेकाे छ ।
नेपाली सेनाकाे आयाेजनामा माइन जाेखिम कक्षा सञ्चालन गरेकाे हाे । नेपाली सेना बराहदल गुल्म रानीवन ब्यारेकका गुल्मपति सेनानी सुरेन्द्र श्रेष्ठले निर्वाचनको दाैराहन हुने सक्ने जाेखिम त्यसबाट कसरी सुरक्षित भन्ने स्वागत मनत्वय दिनुभयाे । बराहदल गुल्म रानीवनका उपसेनानी पवन पन्तले माइनबाट हुने जाेखिममा देखा परेमा के गर्न कसलाई जानकारी गर्न गराउने विषयमा जानकारी दिनुभयाे । कार्यक्रममा स्थानीयबासी ,विद्यालयका विद्यार्थी ,म्यादी प्रहरी सुरक्षाकर्मी लगायत सहभागीता रहेकाे थियाे ।
यहाँ कमेन्ट गर्नुहोस्