१७ मंसिर २०८१, सोमबार

बुद्ध एयरले बुधबार एटिआर ७२ विमान मार्फत टेस्ट फ्लाईट सम्पन्न

खबरसबैको बुधबार, कार्तिक ३०, २०७९

सुर्खेत विमानस्थलमा बुद्ध एयरले बुधबार एटिआर ७२ विमान मार्फत टेस्ट फ्लाईट सम्पन्न गरेको छ। महिनाबाट बुद्ध एयरको एटिआर ७२ विमानले सुर्खेत–काठमाडौँ उडान भर्ने भएको छ।

सो उडान संगै भाडा दर सात हजार ५०० रुपैयाँ कायम हुने जनाईएको छ। यात्रुहरुलाई कम भाडादरका साथै थप सिटहरु उपलब्ध गराई सेवा अझ विस्तार गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा परीक्षण गरिएको हो।

सुरुमा १८ सिटबाट सुर्खेत उडान सुरु गरे पश्चात बिगत ५ बर्ष देखि एटिआर ४२ (४७ सिट) जहाजबाट नियमित उडान संचालन गर्दै आएको छ।

यस्तै, टेस्ट फ्लाईटको रिपोर्ट उडान अनुकूल रहेको अवस्थामा जनवरी २०२३ बाट एटिआर ७२ विमान मार्फत दैनिक दुई  उडान संचालन गर्ने योजना बुद्ध एयरको रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्