खबरसबैको समाचारदाता, काठमाडाैं बुधबार, कार्तिक ३०, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मंसिर १ गते मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाइने भएको छ।
यस अवधिमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले जुलुस, आमसभा, कोणसभा गर्न पाउने व्यवस्था आयोगले गरेको थियो। निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए।
मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने आयुक्त भण्डारीले बताए। कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी समेत आयुक्त भण्डारीले जनाएका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्