११ मंसिर २०८१, मंगलबार

जुम्लामा निर्वाचन सामग्री बोकेको जीप दुर्घटना, ६ जना घाईते

खबर सबैको बिहिबार, मंसिर ०१, २०७९

जुम्लामा मतदान स्थलतर्फ जादै गरेको जिप दुर्घना भएको छ । निर्वाचन सामग्रीसहित मतदान स्थलतर्फ जादै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घना भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ती मतदान स्थलतर्फ जादै गरेको जिप दुर्घना भएको हो । जीप दुर्घटनामा परी घाईते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । उनका अनुसार तीन जना प्रहरी एक जना मतदान अधिकृत, एक जना साहयक मतदान अधिकृत र एक कार्यालय सहयोगी घाइते भएका हुन् ।
दुर्घटनाको प्रारम्भिक जानकारी अनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने सहित ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त जीपमा ८ जना सवार रहेका टोली थियो ।

यहाँ कमेन्ट गर्नुहोस्