१६ चैत्र २०८०, शुक्रबार

हुम्लाको चार मतदान केन्द्र चिसाेका कारण मतदान सुरू भएन

नरजन तामाङ, हुम्ला आइतबार, मंसिर ०४, २०७९

हुम्लाको चार मतदान केन्द्र चिसाेका कारण मतदान सुरू भएन
हुम्ला-नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू भएकाे छैन ।

अत्याधिक चिसोले नाम्खा-६ काे तिल,जाङ, हलजी र वडा नम्बर- ५ काे मुचुमा मतदान हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
लिमिकाे हल्जी गाउँकाे सुनखानी,आधारभुत विद्यालयकाे मतदान केन्द,जाङ गाउँकाे भृकुटी आधारभुत विद्यालय मतदान केन्द्र ,तिल गाउँकाे हिमशिखर आधारभुत मतदान केन्द र मुचुकाे खासरपानी आधारभुत मतदान केन्द्रमा चिसाे मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।
५९ वटा मतदान केन्द मध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भईसकेकाे जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले बताए ।

जिल्लाका सबै मतदान केन्दमा शान्तिपूर्ण रूपमा मतदान सुुरू भईरहेकाे निमित्त निर्वाचन अधिकारी रानाकाे भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्