२३ माघ २०७९, सोमबार

सुर्खेत निर्वाचन क्षेत्र नम्वर–२, ‘क’ बाट नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी

खबर सबैको समाचारदाता बिहिबार, मंसिर ०८, २०७९

सुर्खेत निर्वाचन क्षेत्र नम्वर–२, ‘क’ बाट नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल विजयी भएका छन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेल १ सय ६१ मतान्तरले जीत आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।

उनले १८ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका कालिप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गर्नु भएको छ । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्त पार्टीका सूर्यबहादुर खत्रीले ३ हजार ८५ मत प्राप्त गर्नु भएको सुर्खेतका मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: