१६ चैत्र २०८०, शुक्रबार

विश्व हिन्दू परिषद् नेपालको स्थापना दिवसमा विविध कार्यक्रम गरी देशभर मनाए

खबरसबैकाे समाचारदाता, काठमाडौं बिहिबार, चैत्र १६, २०७९

विश्व हिन्दू परिषद् नेपालको स्थापना दिवसमा विविध कार्यक्रम गरी देशभर मनाइएको छ । परिषदको ११ औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिपप्रज्जवलन तथा भजनऽ सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।विश्व हिन्दू परिषद नेपालको स्थापना  विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, विराटनगर, उदयपुर, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु, नेपालगंज लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव  मनाएको छ  ।

यहाँ कमेन्ट गर्नुहोस्