१५ मंसिर २०८१, शनिबार

बालबालिकाको पढाइ र भर्नामा अभिभावक जिम्मेवार बनाउन पढाइ मेला

खबरसबैकाे समाचारदाता बुधबार, बैशाख ०६, २०८०

बालबालिकाको पढाइ र भर्नामा अभिभावक जिम्मेवार बनाउन पढाइ मेला कालिकोटको नरहरीनाथ गाउँपालिकाको चौथिकोट आधाभुत विद्यालयमा पढाई मेला सम्पन्न भएको छ ।

बालबालिकाको भर्ना र विद्यार्थी, अभिभावक र शिक्षकबीच स्थानिय शैक्षिक सामाग्रीको प्रयोगको महत्व बढाउन गरिएको थियो । संगै विद्यालय, अभिभावक, शिक्षक र बालबालिकाका सिकाईको एक अर्कामा आदानप्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। मेलामा स्थानीय स्तरमा निर्मित शैक्षिक सामग्री तथा पाठ्यपुस्तक पनि प्रदर्शन गरिएको छ ।

प्लान इन्टरनेसनलको सहयोग, किर्डाक, नेपालको सहजिकरण, गाउँपालिका संगको समन्वयमा विद्यालयले मेलाको आयोजना गरेको हो । पढाई मेलामा शिक्षक, अभिभावक र विद्यार्थीको भेलासँगै शिक्षण सिकाइका क्रियाकलाप र विभिन्न प्रतियोगीता पनि आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगीतामा प्रथम, द्वितीय, तृतिय र सान्तवना स्थान हासिल गर्ने विद्यार्थी र प्ररदशनीमा उत्कृष्ट शैक्षिक समाग्री ल्याउने अभिभावक, शिक्षकलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक र अन्य सरोकारवाला २ सय जनाको सहभागिता रहेको थियो ।

प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाको लेखाइ, पढाइ र सिकाइ सिप वृद्धि संगै बालबालिका भर्ना गर्न सहयोग पुर्याउने उदेश्यले संचालन गरिएका यस्ता कार्यक्रमले दुर्गम बस्तीमा राम्रो प्रभाव पार्ने किर्डाक, नेपालका परियोजना संयोजकले जनाएका छन् ।

भर्ना अभियानकै क्रममा सञ्चालीत मेलाले अभिभावकमा विद्यालय भर्नामा थप जाँगर बढाउने र अभिभावमा जिम्मेवारी बोध गराउने प्रमुख अतिथि तथा नरहरीनाथ गाउँपालीका शिक्षा प्रमुख दुर्गालाल न्यैपानेले भन्नु भयो । शैक्षिक सत्रको सुरूमा गर्नुले विद्यालयको भर्ना अभियानमा सहजबनाउनु रहेको विद्यालयका प्रध्यानाध्यापक टेक बिश्बकर्माले जानाएका छन् । विद्यालय व्यावस्थापन अध्यक्ष जित बहादुर बिश्वकर्मा भन्छन् भर्ना अभियानकै मुखमा गरिएको पढाइ मेलाले बिद्यालय बाहिर रहेका बालबालिका लाइ भर्नामा सघाउ हुने छ ।

स्थानिय स्तरमा बनेका शैक्षिक सामाग्रीको पर्दशनी र पढाइ मेला जस्ता क्रियाकलापले बालबालिको बिद्यालय प्रति अकर्षण बढ्ने छ भने अभिभावकमा जिम्मेबारी पन थप्ने छ ।

यहाँ कमेन्ट गर्नुहोस्