१३ बैशाख २०८१, बिहिबार

अगैयामा बस दुर्घटना हुंदा १३ जना घाईते

खबरसबैकाे समाचारदाता, नेपालगन्ज सोमबार, बैशाख ११, २०८०

राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया स्थित बस दुर्घटना भएको छ । बाँकेको नेपालगन्जबाट दाङ जादै गरेको भे१ख ३०३२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नं २ अगैया स्थित दुर्घटना भएको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना सामान्य घाईते भएका छन् ।

उक्त बसमा २५ जना यात्रु सवार रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ । उक्त बस तीब्र गतिमा रहेकोले अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्