१२ जेठ २०८१, शनिबार

हुम्लामा विष सेवन वाट, एक युवतीको मृत्यु

खबरसबैकाे समाचारदाता मंगलबार, बैशाख २६, २०८०

हुम्लामा विष सेवन गर्दा एक युवतीको मृत्यु भएको छ । सिमकोट गाउँपालिका –७ का सोविका शाहीले विष सेवन गर्दा मृत्यु भएको हो । आइतबार राती २ बजे विष सेवन गरेककी १८ वर्षिय शाहीलाई सोमबार विहान दश बजे उपचारका लागि जिल्ला अस्पतालमा ल्याएको भएपनि उपचारका क्रममा मृत्यु भएको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताउनुभयो ।

विष सेवन गर्नुको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो । विष सेवनको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्