११ आश्विन २०८०, बिहिबार

कर्णाली नदीमा ढुवेर एक जना युवा बेपत्ता

खबरसबैकाे समाचारदाता शुक्रबार, जेठ ०५, २०८०

हुम्लाको अदानचुली गाउँपालिकामा पर्ने कर्णाली नदीमा एक जना युवा बेपत्ता भएका छन्। बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्न जाल हाल्ने क्रममा नदीमा चिप्लेर ती युवा बेपत्ता भएका हुुन्।

बेपत्ता ४० वर्षीया युवा छक्क बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालकसमेत थिए। उनी कर्णाली नदीमा बेपत्ता भएका हुन्। बुढा गल्फगाडको रैसडी खोला मिसिने कर्णाली नदीमा जाली तान्ने क्रममा चिप्लिएर नदीको बीचबाट बेपत्ता भएका हुन्।

दिउँसो दुई बजेबाट बेपत्ता भएका बुढाको सुरक्षाकर्मी, स्थानीयवासी खोजी गरिरहेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: