१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा पहिलो पटक म्याराथुन हुँदै

खबरसबैकाे समाचारदाता, हुम्ला बिहिबार, जेठ ११, २०८०

हुम्ला जिल्लामा पहिलो पटक प्रथम कर्णाली करिडोर म्याराथुन २०८० को आयोजना हुने भएको छ ।

कर्णाली करिडोर मृत्यु मार्ग हैन स्वर्ग मार्ग बनऔं  र जैविक विविधता संरक्षण तथा पर्यटनको लागि खेलकुद भन्ने मुल नारा लिएर रोयल गैरी साँया युवाक्ल्वले आयोजना गरेको छ ।

यही जेठ १५ गते  गणतन्त्र दिवसको अवसरमा आयोजना हुने कल्वले जानकारी दिएको छ । म्याराथुन ‘कर्णाली कोरिडोरको सरिसल्ला देखि सर्केगाडसम्म ७ किलोमिटर प्रथम खुला कर्णाली करिडोर म्याराथुन–२०८० हुने जनाइएको छ । कल्वका अनुसार ‘हुम्लाको सरिसल्ला बजारबाट सुरु हुने म्याराथुन सर्केगाड बजार पुगेर समापन हुने छ । म्याराथनमा महिला र पुरुष सबैले सहभागिता हुन पाउने व्यावस्था रहेको आयोजकले जनाएको छ ।

म्याराथुनमा भाग लिन कुनै शुल्क नलाग्ने र रोयल गैरीसाँया यूवा कल्वले जेष्ठको १२ गतेदेखि नाम दर्ता गर्ने समय राखेको छ । म्याराथुनमा पहिलो हुने खेलाडीले रु २५ हजार नगद, ट्र्फी, मेडल र प्रमाण पत्र, दोस्रोले रु १५ हजार नगद, मेडल र प्रमाण पत्र, तेस्रोले रु ५ हजार नगद, मेडल र प्रमाण पत्र पाउने छन् ।

रोयल गैरी सायां युवा क्लबले आयोजना गर्ने म्याराथुनमा कर्णाली प्रदेश खेलकुद परिषद्, सर्केगाड गाउँपालिका, कर्णाली फुडल्याण्ड, तेस्रो धुव्र संरक्षण, द रुफोड फाउन्डेशन, श्रेया कन्ट्रक्सन प्रा.लि. र हिमज्योती बहुमुखी क्याम्पसको सहकार्य रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्