३१ बैशाख २०८१, सोमबार

कर्णाली कोरिडोर म्यारथुन सम्पन्न, जुम्लाका सेरबहादुर अधिकारीले जिते उपाधि

खबरसबैको समाचारदाता सोमबार, जेठ १५, २०८०

कर्णाली कोरिडोरमा पहिलो पटक शुरु भएको रोड रेश २०८० सम्पन्न भएको छ ।  कर्णाली कोरिडोरमा पहिलो पटक शुरु भएको रोड रेश २०८० को उपाधी जुम्लाका सेरबहादुर अधिकारीले जितेका छन् ।

फैलाउन आयोजना गरिएको प्रथम कर्णाली करिडोर म्याराथुन २०८० मा अन्य प्रतियोगिलाई पछि पार्दे अधिकारीले उपाधी वितेका हुन् ।

सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाना सलिसल्लादेखि सर्केगाडसम्मको ९ किलोमिटर दुरी अधिकारीले ३७ मिनेट ४८ सेकेण्डमा पूरा गरेर उपाधी जितेका हुन् । म्याराथुनमा जुम्लाकै प्रकाश कठायत ले  ३७ मिनेट ४९ सेकेन्डमा सो दुरी पारगर्दै दोस्रो भएको आयोजक रोयल गैरी साँया युवाक्ल्वले जानकारी दिएको छ। त्यस्तै प्रतियोगितामा हुम्लाका सर्जन रावलले निर्धारित दुरी ३९ मिनेट ५५ सेकेन्डमा पुरा गरेर तेस्रो भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसँगै प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिएको छ । २१ जनाको सहभागिता रहेको रोड रेसको उद्घाटन कर्णाली प्रदेश खेलकुद परिसद्का सदस्य सचिव विश्वमित्र सन्ज्यालले गरेका थिए ।

कर्णाली प्रदेश खेलकुद परिसद् र सर्केगाड गाउँपालिका प्रायोजक रहेको म्याराथुनलाई तेस्रो धुर्व संरक्षण, रुफट फाउन्डेसन, कर्णाली फुडल्यान्ड र श्रेया कन्स्ट्रक्सनले सहयोग गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्