३१ बैशाख २०८१, सोमबार

विश्व हिन्दु महासंघ मुगु शाखाको सभापतिमा चौलागाई

रबि हमाल, मुगु बिहिबार, आषाढ ०७, २०८०

मुगु– विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो जिल्ला बैठकबाट विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सोमवार सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको अध्यक्षतामा १७ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय आजीवन सदस्य चेतना शाही मल्लको प्रमुख आतिथ्यतामा भएको बैठकले सभापतिमा विष्णुप्रसाद चौलागाई, उपाध्यक्षमा मग बोहरा (खुल्ला) र समावेसी उपाध्यक्षमा धनशीला मल्ल, सचिवमा डबल कुमाइ, सहसचिवमा जसकला मल्ल , कोषाध्यक्षमा भिमप्रसाद चौलागाईं चयन भएका छ्न् । त्यस्तैे सदस्यमा कर्णसिंह दमाई, बसन्त बिसी, लगायत सर्वसम्मत निर्विरोध चयन भएका छ्न् ।
विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय सदस्य चेतना मल्ल शाहीले हिन्दु धर्मको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले मुगु शाखाको जिल्ला स्थानीय समिति गठन गरिएको बताए । यो समितिले नितान्त समाजमा सकारात्मक विकासको भूमिकामा समाजसेवा गर्ने उनको भनाइ छ ।

यहाँ कमेन्ट गर्नुहोस्