३० बैशाख २०८१, आइतबार

घर घरमा धारा बनेपछि स्थानीय हर्षित

रबि हमाल, मुगु शुक्रबार, आषाढ १५, २०८०

मुगु जिल्लाको उत्तरपूर्वमा रहेको मुगमकार्मारोङ्ग गाँउपालिकामा रहेको पुअ गाँउका घर घरमा खानेपानीका धारा बने पछि स्थानीय बासि हर्षित भएका छन् ।

गाउँपालिका र सबैकालागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता परियोजनाले घरघरमा धारा बनाई दिए पछि स्थानिय नागरीक खुसी भएका हुन् । गाँउ देखी आधा घण्टा टाढा रहेको खोलाको पानी खादै खाएका ५४ घर  शुद्ध खाने पानी घरघरमा धारा बनेपछी स्थानियबासी खुसी भएका छन्। धारा बनेपछि ३ सय ३९ स्थानिस बासि सेवा प्राप्त गर्ने हुन्। सुरक्षित, शुद्ध खानेपानी सेवा,सरसफाई स्वच्छता तथा मर्यादित महिना बारी ब्यावस्थापनमा सुधार ल्याउनको लागी ६२लाख २७ हजार रकम लगानिमा घरघरमा खानेपानी धारा संगै जनचेतनामुलक अभियान गरिरहेकाे छ।

धारा बने संग बिगतमा आधा घण्टा टाढा खोलाको पानी खादै आएका, धेरै समय दुख  र ठूलो चुनौति भाेगेकामा अहिले घरघरमा खानेपानीका धारा पाएकामा निकै खुसी भएकाे  पुअ गाँउका ७५ बर्षका स्याग्या लामाले बताएका छन् ।

पालिका भित्रको अति दुर्गम खानेपानीको निकै समस्या भएको पुअ गाँउको समस्यालाई मध्य नजर राखेर  घरघरमा धारा बनाइकाे सुस्वा कार्याक्रमका परियोजनाका संयोजक मुकुन्द्र रावलले बताएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्