खबरसबैको समाचारदाता, हुम्ला शुक्रबार, आषाढ १५, २०८०

‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं महोत्सव रुपमा मनाउने गरिन्छ । हुम्लामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ ।

तस्विरः अनुप शाही, सर्केगाड, हुम्ला

तस्विरः अनुप शाही, सर्केगाड, हुम्ला
आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

तस्विरः अनुप शाही, सर्केगाड, हुम्ला
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।
खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।
आज २० औँ धान दिवस ‘जलवायु अनुकलित कृषि मैत्री प्रविधि, धान उत्पादन बृद्ध’ भन्ने नाराका साथ मनाइँदैछ ।

तस्विरः अनुप शाही, सर्केगाड, हुम्ला
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको थियो ।

तस्विरः अनुप शाही, सर्केगाड, हुम्ला