१६ बैशाख २०८१, आइतबार

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न करिब २ करोड मूल्यका सामग्री सहयोग

रवि हमाल मंगलबार, आषाढ १९, २०८०

मुगु – जिल्लाको सोरु गाउँपालिकामा रहेका ३९ वटा सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुको शिक्षामा गुणस्तरीय सुधार ल्याउनका लागि शौक्षिक सामग्री सहयोग गरिएको छ ।
अपाङ्गता अधिकार तथा शिक्षा सुदृढीकरण परियोजनाबाट प्रत्येक विद्यालयमा विद्यार्थीहरु संख्याको आधारमा बसाइँ व्यवस्थापनको लागि भुइँ, सिलीङ्ग, कार्पेट, कुसनका साथै टेबुल, बुक र्याक, विद्यालय किताब कुना स्थापना, सरसफाई सामग्री सहयोग गरिएको छ ।

गाउँपालिका भित्रका बिद्यालयमा ४५ प्रकारका शैक्षिक सामग्री उपलब्ध गराएको हो । साथै शिक्षक–शिक्षिकाहरुलाई सिकाइ क्रियाकलापमा आधारित तालिम समेत दिइएका छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त गतिविधिमा सहयोग पुर्याउर्ने लक्ष्य सहित गठन गरिएका बालकल्बहरुको स्वास्थ्य शिक्षामा सहयोग पुर्याउनका लागि समेत उक्त सहयोग प्रदान गरिएको जनाईएको छ।
यू.एम.एनको आर्थिक सहयोग र ग्रामीण सामुदाय संस्थाको सहजीकरणमा १ करोड ८० लाख मूल्य बराबरका ती शैक्षिक सामग्री प्रदान गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्