२८ भाद्र २०८१, शुक्रबार

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ

खबरसबैकाे समाचारदाता, काठमाडाैं शुक्रबार, साउन १२, २०८०

यार्सा फिल्मको व्यानरमा निर्माण हुन लागेको ‘कार्साङ’ फिल्म अन्तराष्ट्रिय रिलिज सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको हो । फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच आधिकारिक संझौता भएको छ ।

फिल्म ‘कार्साङ’का तर्फबाट यम शेर्पा र सेभेन सिजका तर्फबाट विनोद पौडेल, प्याट्रिक (प्रतिक) सुवेदी र रमेश ढकालले सम्झैता गरेका हुन् । फिल्मको ओभरसिज राइट्स छायाकंन अगावै बिक्री भएको छ ।

यम शेर्पाको निर्देशनमा बन्ने यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् भने नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।  फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ ।

शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । फिल्मका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

तिहार लगतै  छायाकंन गरिने यस फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ । ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन् ।

यहाँ कमेन्ट गर्नुहोस्