३० बैशाख २०८१, आइतबार

एक दिन पछि, जिप दुर्घटनामा परेकालाइ हेलिकप्टर द्वारा उद्दार

रबि हमाल, असार मंगलबार, साउन ३०, २०८०

मुगुको सोरू देखि गमगढी जाने क्रममा  सोमबार जिप दुर्घटनाका चार जना बिरामीलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज लगियको छ ।

दुई जनाको घटना स्थलमा दुई जनाको सोमवार राती उपचार गर्दै बाटोमा मृत्यु भएको थियो भने आज बिहान उपचार गर्दै गर्दा सोरु गापा-५का लोकजङ्ग नेपाली को मृत्यु भए पछि बाकी चार जनालाइ आज दिउँसो नेपाली सेनाको हेलिकप्टर बाट उपचारका लागि नेपालगन्ज लगिएको हो ।

खराब मौसमका कारण बिहान हेलिकप्टर सोमवार आउन नसकेपछि अाज उद्धार गरिएको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिएका छ्न् ।  सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२नम्बरको बोलेरो जिप सोरु गाउँपालिका–७ सीप पहिरो चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रहरी नायव उपरिक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार र सोरु गापा -५का लोकजङ्ग नेपाली सहित पाँच रहेका छन् ,
यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु–६ का सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा रहेका छन्।

घाइतेको अवस्था चिन्ताजनक भएपछी जिल्ला प्रशासन , जिल्ला प्रहरी , राजनैतिक दल,  पत्रकार, युवा र नागिरक समाजको पहलमा हेलिकप्टर मार्फत उपचारका लागि उद्धार गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्