१६ बैशाख २०८१, आइतबार

जी-२० सम्मेलन सुरु

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, भाद्र २३, २०८०

शनिबारदेखि भारतको राजधानी नयाँदिल्लीमा जी २० समूहको शिखर सम्मेलन सुरु भएको छ । शनिबार नै अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी भएको छ ।

जी- २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी(२० मा १९ देश र एउटा युरोपीयन संघ आबद्ध छन् ।

जी- २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरू कार्यक्रममा रहेका छन् ।

साथै उनले जी-२० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् । सो अवसरमा कार्यक्रमस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्