२१ कार्तिक २०८१, बुधबार

अहेव, अनमी, ल्याव असिस्टेन लिखित परीक्षाको सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएपछि, नरहरीनाथ गाउँपालिले छानबिन समिति गठन गर्यो

खबरसबैको समाचारदाता बिहिबार, आश्विन ११, २०८०

अहेव, अनमी, ल्याव असिस्टेन लिखित परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्ने बिषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएपछि, नरहरीनाथ गाउँपालिले सोको तथ्य छानबिनका लागि  छानबिन समिति गठन गरेको छ ।

गाउँपालिकाले बुधवार एक  विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ । सोको छानविनका लागि गाउँपालिकाले तिन सदस्यीय छानविन समित गठन गरेको जनाएको छ ।

परीक्षाको प्रश्नपत्र परीक्षा अगाबै बाहिरिएको भनेर सामाजिक सञ्जालमा आएका अभिब्यक्ति साँचो नभई षडयन्त्रपूर्वक गाउँपालिकाको बदनाम गराउँन खोजिएको र गाउँपालिकाले सो विज्ञप्तीमा जनाएको छ । गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट द्धारा हस्ताक्षरित विज्ञप्तीमा सामाजिक सञ्जालमा आएका अब्यावहारिक र अपरिपक्क अभिव्यक्ति प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको हो ।

गाउँपालिकाले बाहिरिएको भिडियो छानबिन गर्न  नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

११ अहेव, १५ अनमी,  १ ल्याव असिस्टेनको विज्ञापनको लिखित परीक्षा २०८० भदौ २७ गते सञ्चालन भएको थियो ।

 

विज्ञप्ति

 

यहाँ कमेन्ट गर्नुहोस्