०९ बैशाख २०८१, आइतबार

१२ वर्षीया सन्तुष्टी बुढा बनिन्, नरहरीनाथ गाउँपालिका अध्यक्ष

खबर सबैको बिहिबार, आश्विन २५, २०८०

कलिकोटकी १२ वर्षीया सन्तुष्टी बुढा नरहरीनाथ गाउँपालिकाको अध्यक्ष बनेकी छन् । गाउँपलिका अध्यक्ष नगेन्द्र बहदुर बिष्टले एक कार्यक्रमका बीच सन्तुष्टी लाई एक दिनका लागि अध्यक्ष पद सुम्पियका हुन्। अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा गाउँपालिकाको अयोजना, प्लान इन्टरनेसनलको सहयोग र किर्डाक, नेपाल लगायत संस्थाको सहजिकरणमा सञ्चालन भएको कार्यक्रमा सन्तुषटी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेकी छन्।

बालबालिकाको नेतृत्व बिकास र बालिकाका समस्या पहिचान र तिनको आगामि दिनमा समाधानका  लागि कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
बालबालिका हकहित, क्षमता विकास गर्न अध्यक्ष बनाइएकी सन्तुषटीले पदभार ग्रहण गर्दै बाल बिवहा, शिक्षाको अवस्था र बिद्यालय बाहिर रहेका बालबालिका बिषयमा  जनप्रतिनिधि र कर्मचारीहरूसँग छलफल गरिन् ।

अध्यक्षकाे पद समाले संगै गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सरोकावाला संग उनले बालिकाका लागि तय गरिएका कार्यक्रम र गरिएका विभिन्न क्रियाकलाप बारे छलफल गदै बाल बिवहा, शिक्षाको अवस्था, स्वास्थ्य र बिद्यालय बाहिर रहेका बालबालिका बिषयमा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिइन् । उनले पालिकाको तर्फबाट बालिका प्रोत्साहनका कार्यक्रमहरू ल्याउन आग्रह समेत गरिन् ।

एक दिनका लागि बनेकी अध्यक्ष बुढाले बालबालिका, किशोर किशोरी संग उनिहरूकाका समस्या र आवश्यकता बिषयमा गाउँपालिकामा अन्तरकृया समेत गरेकी थिइन् । सहभागि संग अन्तरकृयामा समस्या समाधानका लागि आफु नरहरीनाथ गाउँपालिका, प्लान इन्टरनेसनल नेपाल र किर्डाक, नेपाललगायतका संघ संस्थाहरूसँग सहकार्य गरी बालबालिकाका हकहितका लागि विभिन्न अभियान मार्फत स्थानीय स्तरमा समस्या घटाउने उनले बताइन् ।

त्यसपछि उनले गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट संगको समन्यमा गाउँपालिकाले कार्यन्वयन गर्ने गरेर बाल बिवहा न्युनिकरण, शिक्षामा सुधार र बिद्यालय बाहिर रहेका बालबालिका बिद्यालय सम्म पहुँच बनाउने कार्यक्रम लागु गर्ने  गरेर लिखित निर्णय समेत गरेकी छन् ।
सो निर्णयको कर्यन्वयनका लागि प्रतिबद्धता जनाउँदै अध्यक्ष बिष्टले आफु सदैब बालबालिकाको हक हितमा लागेको र आगामी दिनमा पनि लाग्ने जनाएका छन् । साथै उनले ‘ नरहरीनाथका बालबालिका विभिन्न समस्या न्यूनिकरण गर्नमा लाग्ने जनाए ।

कार्यक्रमा गाउँपालिका उपाध्यक्ष कमल कुमार शाह ले यो कार्यक्रमले आफुलाइ लाइ नयाँ सिकाइ भएको र बालबालिकाका समस्या बारे थप जानकारी भएको जनाउँदै भएका निर्णय कार्यन्वयन गर्न लाग्ने प्रतिवद्धता गरेका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, गाउँपालिका शाखा प्रमुख, बालबालिका, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्