१२ जेठ २०८१, शनिबार

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प

खबरसबैको, काठमाडौं सोमबार, कार्तिक २०, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो ।

भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो । गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्