३१ बैशाख २०८१, सोमबार

पहिरोमा च्यापियर डाेजर चालकको मृत्यु

खबरसबैको समाचारदाता शुक्रबार, कार्तिक २४, २०८०

कर्णाली करिडोर अन्तरगत कालेखोको जिरो पोइन्टमा कामगर्ने क्रममा माथिबाट खसेको पहिरोमा च्यापिएर चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ८ का चालक धिर संज्याल रहेको प्रहरीले जनाएको छ।

काम गर्ने क्रममा माथिबाट पहिरो खस्दा डोजरमै च्यापिएर घटनास्थलमै चालकको मृत्यु भएको हो।धेरै पहिरो खसेका कारण उद्धार गर्न नसकिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

अहिले कर्णाली करिडोर पूर्णरुपमा बन्द छ।डोजरमा पनी क्षेती पुगेको स्थानीयको भनाइ छ । प्रहरी उद्धारको लागि प्रयास गरेको भएता पनी रात परिसकेकाले अहिले सम्भव नभएको र बिहान मात्र उद्धार गर्न सकिने प्रहरीको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्