३१ बैशाख २०८१, सोमबार

कालीकोटमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा २ जनाको मृत्यु

खबरसबैको समाचारदाता, काठमाडाैं शनिबार, फाल्गुण २६, २०८०

कालीकोट — कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको  पुरानो पोल व्यावस्थापन गर्ने क्रममा ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार पुरानो पाेल निकाल्ने क्रममा पाेल ढलेर नयाँ हाइटेन्सन लाइनमा छुँदा  करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष लाल बहादुर बिष्टले खबर सबैकाे लाइ  बताए ।

बिजुलीको पोल ढलेर करेन्ट लाग्दा २ जनाको मृत्यु भएकाे छ । ‘घरनजिकै पुनारनो  पोल व्यावस्थापन गर्ने  क्रममा  ढलेर हाइटेन्सन लाइनकाे  तारले छोएर मृत्यु भयो,’ अध्यक्ष  बिष्टले भने ।’ केशव स्थानीय मंगलासैनी माविका शिक्षक हुन् भने गंग कृषक हुन् ।

बिजुलीको पोल व्यवस्थित नगरिएकाले ढलेर ज्यान गएको वडा अध्यक्ष विष्टले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्