०३ आषाढ २०८१, आइतबार

यातायात व्यवसायी संघको अध्यक्षमा चपाईँ

खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, जेठ ०८, २०८१

लोकतान्त्रिक यातायात व्यवसायी संघको कर्णाली प्रदेश अध्यक्षमा नारायणकुमार चपाईँ सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको सोमबार सम्पन्न पहिलो प्रदेश अधिवेशनले चपाईँसहितको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा खगेन्द्र शर्मा, सचिवमा नवराज चौलागाई, सहसचिवमा देवकुमार खड्का र कोषाध्यक्षमा गणेशकुमार विसी चयन भएका छन् । यस्तै सदस्यहरुमा धनबहादुर खत्री, दिपेनसिंह ठकुरी र कृष्णप्रसाद जैसी चयन भएका छन् । बाँकी सदस्य केही समयपछि चयन गरिनेछ जनाइएको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष एवम् संघका उपाध्यक्ष विजय स्वाँरलगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय उपाध्यक्ष विष्णुबहादुर खड्काले गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्