१६ चैत्र २०८०, शुक्रबार

कुकुर तिहार नेपाल लगायत विश्वभरका हिन्दु धमार्वलम्वी मनाउँदै

Khabarsabaiko मंगलबार, कार्तिक २०, २०७५

खबर सबैकाे,कार्तिक २०

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन आज कुकुर तिहार वा नरक चतुर्दशी नेपाल लगायत विश्वभरका हिन्दु धमार्वलम्वीले कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाएर कुकुर तिहार मनाएका छन् । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ, कुकुर यमराजको अर्को प्रीयभक्त हो। कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

यहाँ कमेन्ट गर्नुहोस्