२४ मंसिर २०८०, आइतबार

मंसीर २६ गते अगाडी परिक्षा गर्न नपाईने गाउँ कार्यपालिकाको निर्णय

Khabarsabaiko आइतबार, कार्तिक २५, २०७५

दाने बोहरा

हुम्ला, २५ कार्तिक

हुम्ला लगाएतका नेपालका केही हिमाली जिल्लाहरुमा फागुन वाट सुरु भएको शैक्षिक सत्र पुस १५ मा सम्पन्न भएर  मिनपचासको बिदा हुने ब्यबस्था छ । साे अनुसार हुम्ला जिल्लाको मध्य क्षेत्रको सर्केगाडको गाउँपालीका कार्यपालिकाको बैठकले पालिका भित्रका सबै बिद्यालयहरुका यस वर्षकाे वार्षिक परिक्षा आगामी मंसीर २६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । यस अघि गाँउपालिकाका बिद्यालयहरुले मनोमानि किसिमले परिक्षा संचालन गर्दै आएकोमा त्यसलाई एक रुपता ल्याउन गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । सर्केगाड गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्मका सबै कक्षा एक देखि १० कक्षाको परिक्षा आगामी मंसीर २६ गतेबाट संचालन गर्ने निर्णय आईतबार बसेको गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर पाँचका अध्यक्ष कर्णजंग शाहीले बताए । सबै बिद्यालयहरुको वार्षिक परिक्षा एक रुपता ल्याउन र एउटै मितिबाट परिक्षा संचालन गर्न यस्तो निर्णय गरिएको प्रबक्ता शाहीले बताउनुु भयो ।  सर्केगाड गाउँपालिकामा माबि चार माबि, पाँच  निमावि र प्राबि १८ र बाल बिकास केन्द्र २५ वटा रहेका छन ।  त्यो संगै गाउँ कार्यपालिकाको बैठकले डिभिजन बन कार्यलयको समन्वय र वडा कार्यलयका पुर्जी बिना जडिबुटी तथा काठ संकलन तथा चिर्न गर्न नपाउने र करारमा नियुक्त ईन्जीनीयरले लोक सेवामा नाम निकालेकोले परिक्षामा एक नम्बरको बैकल्पिक उम्मेरदारलाई एक हप्ता भित्र गाउँपालिकामा सम्पर्क राख्नका लागि पत्राचार गर्ने निर्ण गरिएको प्रवक्ता शाहीले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: