२४ मंसिर २०८०, आइतबार

याद गर्नु होला !!!!

Khabarsabaiko बिहिबार, मंसिर २७, २०७५

कस्का कस्ता थिए आँखाका नजर याद गर्नु होला।
तपाईंले पनि बेलाबेला यो अबसर याद गर्नु होला।
……………
अहिले रिसायो आवेगमा आएर घर छोडेर गयो।
रिस सकिएपछि फर्किनेछ उ घर याद गर्नु होला।
…………….
भन्नेहरूले त स्वर्गकै अर्को रुप हो भनेर भन्छन।
तर स्वार्थीको अर्को नाम हो सहर याद गर्नु होला।
……………….
सुख प्राप्त पछि संघर्ष भुल्ने चलन छ सबै भित्र।
तपाईंले पाएसि सुख दुख सकभर याद गर्नु होला।
……………….
माथी पुगेपछि तलकालाई सानो सोच्नु भन्दा अघि।
त्यहाँसम्म पुग्दाखेरीको आफ्नो स्तर याद गर्नु होला।
………………….
बिजय कुमार शाह अनुराग
एता रुकुमबाट

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: