खबर सबैको
काठमाडौं पुस १
काठमाडौंको भद्रकालीमा मंसिर २८ देखि पुष ३ सम्म चल्ने कांग्रेसको महासमिति बैठकमा सभापति शेर बहादुर देउवा ले उद्घाटन पश्चात विभिन्न महासमिति सदस्यले बोल्ने क्रममा,कार्यक्रमको तेस्रो दिन आज नेता ऋषिकेश जंग शाहले आफ्नो धारणा राखेका छन्। महासमिति बैठकमा बोल्दै नेता शाहले भने बैठकमा १ बर्ष अगाडिको निर्बाचनमा कांग्रेस १५ लाख मतले पछाड़ी पर्नुको कारणा पत्तालगार्इ, ४ बर्ष पछि आऊने निर्बाचनमा पार्टिलार्इ कसरी बिजय गराउन सकिन्छ त्यो निचोड यो बैठक बाट निकाल्नु पर्ने धारणा राख्दै, जसकालागि ३ वटा बुँदागत प्रस्ताव पेश गरि व्याख्या गरेका थिए जुन, १ ) आर्थिक प्रस्तावमा, २ ) संगठन सम्बन्धी प्रस्तावमा ३ ) बिधान सम्बन्धमा थियो ।
सो महासमिति सदस्य समितिमा उठेका विभिन्न विषयमा छलफल गरि निचोड निकालिने जानकारी दिएका छन् ।