११ आषाढ २०८१, सोमबार

मंगलबार हराएका बालक स्कुलको सेफ्टी ट्यांकीमा मृत भेटिए

Khabarsabaiko बुधबार, पुष ०४, २०७५

जितेन्द्र थापा ,दैलेख

०४ पुष २०७५

दैलेखको नारायण नगरपालिका १, मंगलबार स्कुल बाट हराएका बालक स्कुलकै सेफ्टी ट्यांकीमा बुधबार बिहान मृत अवस्थामा भेटिएका छन् । मंगलबार बिहान स्कुल गएका बालक साँझ, घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो। दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय बालक हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको दैलेख प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जानकारी दिए। बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ।

जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका ३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।

यहाँ कमेन्ट गर्नुहोस्