१५ मंसिर २०८०, शुक्रबार

खानेपानीको स्रोत कुवा सुक्दा समस्या

Khabarsabaiko मंगलबार, पुष १०, २०७५

राज शाही

हुम्ला पौष १०

हुम्ला जिल्लामा खडेरी पर्दै जाँदा मुल, कुवामा पानीको मात्र घट्दै गएकाे छ । पानीको मुख्य श्रोत कुवा तलाउ मुहान घट्न थालेपछी स्थानियवासीमा पानीको समस्या हुन थालेको छ ।जिल्ला सदरमुकाम सिमकोटमा पानीको समस्या हुन थालेपछि सिमकोट खानेपानी उपभोक्ता समितिले स्थानिय लार्इ धारामा अनिवार्य टुटि लगाउन आग्रह गरेको छ।

साथै सिमकोटको लाग्नामा रहेको १३ घरधुरीले प्रयोग गर्दै आएका कुवा सुक्दा खानेपानीको समस्या भएको छ । लाग्नका लागी हिल्दुम खोलाबाट लिएको खानेपानी निरन्तर नहुने पानी जाम भइ पाइ फुट्दा त्यहाँका १३ घरधुरीले नजिकैको कुवाको पानी प्रयोग गदै आएकोमा सो पानी पनि  सुक्दा गाग्री वोतल भाडाकुडा लिएर आधाघण्टाको दुरीमा रहेको हुमाने खोलाको पानी बोकेर पिउन वाध्य भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: