१६ आश्विन २०८१, बुधबार

हुम्लामा हिमपात, कष्टकर बन्दै जनजीवन

Khabarsabaiko बुधबार, पुष १८, २०७५

अर्जुन बोहरा
हुम्ला १८, पुस

हुम्लामा हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको छ। बुधबार बिहानबाट मौसम बद्ली भई अपरान्ह ४ बजेबाट जिल्लाका उत्तरी साविकका गाविसका लिमी, मुचु. खगालगाउँ. स्याँडा, हेप्क्का र बरगाउँ सिमकोटलगायतका गाउँपालिकाहरूमा हिमपात भएको हो। बुधबार बिहानदेखि चिसो बढेका कारण घरभित्रबाट निस्कनसमेत समस्या परेको स्थानीयले बताएका छन्।

चिसोले सरकारी–गैरसरकारी कार्यालयका कर्मचारी, सिमकोट बजारमा रहेका पसले तथा अधिकांस गाउँमा चिसोबाट बाच्न बिजुलीबाट हिटर तथा आगो बालेर तापिरहेका छन्। तर यस वर्षमा ढिलो गरी अर्थात् पुस महिनाको अन्तिम साताभित्र हिमपात भएको हो। हिमपात शुरु हुँदा एसइई परीक्षा दिने विद्यार्थीको अध्यापनसमेत प्रभावित हुने देखिएको छ।

हिमाली भेगका गाउँपालिकामा रहेका विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्नसमेत समस्या भएकाले एसइईको परीक्षा प्रभावित हुने भएको मानसरवर माविका शिक्षक अमर बहादुर शाहीले बताए। उत्तरी गाउँपालिकामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिकाको लिमी, जाँगा, हल्जी र तीलगाउँ सदरमुकाम सिमकोटसम्म आउन पनि समस्या भएको छ।

चिसो बढेपछि कर्णालीका ५ वटै हिमाली जिल्ला हुम्ला मुगु डोल्पा कालिकोटर बाजुरलगायतका जिल्लका उच्च हिमाली बस्तीको जनजीवन प्रभावित बनेको बताइएको छ। चिसोका कारण स्थानीय स्वास्थ्य संस्थाहरूमा रुघाखोकीका बिरामीहरूको संख्यासमेत बढेको बताइएको छ। चिसोबाट बच्न स्थानीयले यसअघि जंगलबाट ल्याएर राखेका दाउराबाट आगो बालेर ताप्ने गरेको सिमकोट गाउँपालिका २ का स्थानीय हुनी बोहराले बताए। अहिले सिमकोटको तापक्रम माइनस १३ पुगेको छ।

यता हिमपातले किसान खुशी देखिएका छन्। हिमपातले खेतबारीमा लगाएको जेठासी बाली सप्रने आशामा हुम्लाका कृषक खुशी देखिएका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्