०६ कार्तिक २०८१, मंगलबार

कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन

Khabarsabaiko बिहिबार, पुष १९, २०७५

दीपेन्द्र शर्मा,

सुर्खेत १९ पौष

कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने वताएकी छन ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्धारा दैलेख र सुर्खेतकामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरु संग आज आयोजित जुनोसिस रोग सम्बन्धी जनचेतनामुक गोष्ठीमा मन्त्री केसीले कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई हौसला प्रदान गर्न सरकारले प्रोत्साहन गर्ने वताएकी हुन ।
कर्णालीमा वसेर राम्रो काम गर्ने कर्मचारी , समुह सहकारी,कृषकहरु लगाएतका लाई सम्बन्धीत काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालु आ.व.मा रु ७० लाख वजेट विनियोजित गरिएको मन्त्री केसीले जानकारी दिइन । कार्यक्रममा मन्त्री केसीले वजेटको कार्यन्वयनमा इमान्दारीताका लाग्न कर्मचारीलाई आग्रह गरिन ।
                                कर्णालीमा पशुका लागी एम्बुलेन्स
कर्णालीका जिल्लाहरुमा विरामी पशुहरुका लागी एम्बुलेन्स सेवाको ब्यवस्था गर्नुपर्ने पशु प्राविधिकहरुले माग गरेका छन ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले कार्यक्षेत्रमा पशुसेवाका कामहरु प्रभावकारी वनाउनका लागी कम्तीमा विरामी पशुहरुका लागी उपचारमा सहजता ल्याउन एम्बुलेन्सको ब्यवस्था र रोग निदान गर्न भिडियो एक्सरे को ब्यवस्था गरेमा सहजरुपमा सेवा प्रवाह गर्न सकिने चौकुने गाँउपालीका सुर्खेतका पशु सेवा शाखा प्रमुख भोजराज चपाईले वताए ।
कृषकहरुले उत्पादन गरेका वस्तुहरुको विमा नहुदा निकै समस्या भएको भन्दै प्रदेश सरकारले तत्काल विमाको ब्यवस्था गर्न मन्त्र िकेसीलाई सुझाव दिइएको चपाईले जानकारी दिए । पशुविमा र वाली विमा प्रदेश सरकारले गर्नुपर्ने चपाईको भनाई छ । स्थानीय तहमा कृषि प्राथमिकता नपरेकाले अव प्रदेश सरकारले शसर्त अनुदानको ब्यवस्था गर्नु पर्ने कर्मचारीको भनाई छ । कार्यक्रममा सहभागी कर्मचारीले मन्त्री केसीसंग पशुसेवामा वजेटको कमी तथा अभाव भएको र समयमा वजेट निकाशा नहुदा सेवा प्रवाहमा समस्या भएकाले मन्त्रालयले वजेटको ब्यवस्था गरिदिनुपर्ने माग गरेका छन ।

यहाँ कमेन्ट गर्नुहोस्