०१ कार्तिक २०७८, सोमबार

हुम्लाको मेखालागाउँमा १३ वटा खरका घर जलेर नष्ट

Khabarsabaiko शनिबार, पुष २१, २०७५

अर्जुन बोहरा सिमकोट हुम्ला पुस २१ गते
हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२, मिमिको मेखाला गाउँमा रहेको औउलमा रहेका १३ वटा खरका घर जलेर नष्ट भएका छन । मेखलाको औलमा विहान ११ बजे तिर बच्चाले लगाएको आगो बाट सल्केपछि सबै खरका घर जलेर नष्ट भएको मेखाला बाट धन बहादुर ऐडीले बताउनु भयो । आगलागीबाट खरका घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको बताएा । हिउँदको महिना भरि पशुबस्तुको आहारको लागि सुकाई राखेका आटी भित्रका राखेका घाँसपात सबै जलेर नष्ट जानकारी गराए । विहान सबै गाईबस्तु वनमा चराउन पठाएको समयमा एकासी आगलागि हुँदा एउटा गाईको बाछो समेत मरेको ऐडीले बताए । मेखालाका स्थानीय बासिन्दाका बढि पशुपालन भएकोले हिउँको बाँकी महिना कसरी पशुबस्त लाई आहारा जुटाउने हो भन्ने चिन्ता भएको बताए । आगलागि हुनेका घर धन बहादुर ऐडीे,ज्ञाने तामाङ्ग,गोपाल ऐडी, पाल्सरी तामाङ्ग लगायतका १३ जानको खरको घर जलर नष्ट भएका छन ।

यहाँ कमेन्ट गर्नुहोस्