Khabarsabaiko बुधबार, पुष २५, २०७५
राज शाही
हुम्ला २५ पौष
जिल्लाको उतरी क्षेत्रको नाम्खा गाँउपालिकाले पाँच वटा कानून निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । चार वटा प्रास्ताबित कानूनका रुपमा तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर नेपालीले बताउनुु भयो । जसमा करारमा जनशक्ति ब्यबस्थापन कार्य बिधि, घ बर्गको निर्माण ब्यबसायी इजाजत पत्र र स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्य बिधि र शिक्षा नियमावली र सहकारी ऐन निर्माण गरि कार्यान्वयनमा ल्याएको अधिकृत नेपालीले बताउ । कानून बनाएर काम गर्न सहज भएको अधिकृत बमले बताउनुु भयो । अन्य पाँच वटा प्रस्तावित कानुुनलाई आगामी गाउँ सभामा पेश गरिने उहाँले बताउनुु भयो ।
यहाँ कमेन्ट गर्नुहोस्