०६ कार्तिक २०८१, मंगलबार

टेलिफोन टावर माग्दै उपल्लो डोल्पाका जनप्रतिनिधि काठमाडौंमा

Khabarsabaiko बुधबार, पुष २५, २०७५

खबरसबैको संवाददाता
डोल्पा २५, पौष

दुर्गम हिमाली जिल्ला डोल्पाबाट टेलिफोन टावरको माग गर्दै जनप्रतिनिधिहरू काठमाडौं पुगेका छन्। बस्ती बसेदेखि गाउँघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका उपल्लो डोल्पाका जनप्रतिनिधिहरू गाउँमै मोबाइल टावर माग गर्न काठमाडौं पुगेका हुन्। सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे– फोक्सुण्डो, छार्काताङसोङ गाँउपालिका जनप्रतिनिधिहरू, संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित १६ जनाको टोली सिंहदरबारस्थित सञ्चार मन्त्रालय पुगेको हो। उपल्लो डोल्पा र तल्लो डोल्पाका ६ वटा स्थानीय तह का १२ वटा स्थानमा मोबाइल टावर राखिदिन भन्दै सञ्चार मन्त्रीसँग माग गरेको पर्यटन राज्यमन्त्री बुढाले जानकारी दिए।

गाउँ घरमा टेलिफोन सुविधाको अभावमा वर्षौंदेखि सास्ती भोग्दै आइरहेकाले जनताका लागि टावर माग्न सदस्यसहित डोल्पाबाट काठमाडौं पुगेको शे–फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले बताए। ‘सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने उपल्लोतिर लाग्यो भने बीच बाटोमा कतै पनि टेलिफानको सुविधा छैन्, हिँड्दाहिँडदै बाटोमै बिरामी पर्‍यो, केही घटना घटिहाल्या भने पनि सूचना दिने साधन हुँदैन्’ उनले भने ‘घरमा बिरामी परेको मान्छेलाई लाखौँ पैसा तिरेर हेलिकोप्टरबाट उद्धार गरेर औषधी उपचारको लागि जिल्ला बाहिरका ठूला अस्पतालमा लैजान खोज्दा पनि सम्पर्क गर्नका लागि  टेलिफोन टावर नभए थुप्रै नागरिकको ज्यान गइसकेको तितो यर्थात अझै कायम रहेको छ।

‘ जनप्रतिनिधिको मागलाई सकारात्मक रूपमा लिँदै सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आगामी जेष्ठ महिनासम्ममा टावरहरू निर्माण गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन्। जनप्रतिनिनिधिसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले डोल्पाका सबै स्थानीय तहमा मन्त्रालयले निःशुल्क मोबाइल एप्स बनाइ दिने, उपल्लो डोल्पाका गाउँपालिकालाई ल्याप्टप, फोटोकपी मेशिनलगायतका उपकरणहरू प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

यहाँ कमेन्ट गर्नुहोस्