१६ आश्विन २०८१, बुधबार

कैदीबन्दीका लागि किताव अभियान

Khabarsabaiko बिहिबार, पुष २६, २०७५

राज शाही
हुम्ला २६ पौष
जिल्ला प्रहरी कार्यालय हुम्लाले कारागारलाई किताव अभियान उप समिति गठन गर्ने भएको छ । सो समिति यही पौष २९ गते गर्ने भएको हो । सो समितिको संयोजकमा जिल्ला प्रहरी कार्यालय प्रमुख रहने व्यवस्था रहेको । प्रदेश सरकारले कर्णाली प्रदेशका १० वटै जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने निति लिए बमोजिम जिल्ला प्रहरी कार्यालय हुम्लाले सो उपसमिति गठन गर्ने भएको हो ।

प्रहरी प्रशासन, सामाजिक सङ्घसंस्था, मानअधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार युवालगायत पुस्तकालय निर्माण अभियानमा जुट्ने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तक दिने नमूना योजना बमोजिम जिल्ला प्रहरी कार्यालय हुम्लाले पौष २९ गते उपसमिति गठन गर्ने भएको हो । ‘कारागारका बन्दीको अर्को संसार कहाँ छ रु त्यो संसार किताबमा छ’ भन्ने मूल नाराका साथ काम अघि बढाइएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले बताउनुभयो । कर्णालीकै १० जिल्लामध्ये हुम्ला जिल्लामा यो अभियान शुरु गर्न लागिएको उहाँले भन्नुभयो, ।

“कैदी–बन्दीलाई अपराधीका रुपमा मात्र व्यवहार गरिँदा उनीहरुले आफुलाई हिनताबोध भएको महशुस गर्ने र कारागारबाट निस्केपछि पुनः आपराधिक क्रियाकलापमै सम्लग्न हुनसक्छन्, त्यसैले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कला, साहित्य, सफल जिन्दगी कथा, आमसञ्चार, मानवअधिकार, कानूनलगायत पुस्तकहरु अध्यायन गर्न दिँदा बौद्धिक विकास हुने अपेक्षा गरिएको डिएस पी श्रेष्ठले बताउनु भयो ।

”किताब पढौ जीवनलाई बदल्लौँ, चाहेर वा नचाहेर गल्ती गर्दा, कारागारमा बन्दी हुन पुगेकालाई कारागारपछिको जीवनमा पनि केही गर्न सकिन्छ । कारागारको जीवन मात्र अन्त्य होइन भन्ने कुराको विकास गराउन यो अभियान संचालन गरिने भएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्