०१ कार्तिक २०७८, सोमबार

नौ महिना पछि उज्यालो

Khabarsabaiko बिहिबार, पुष २६, २०७५

राज शाही
हुम्ला २५, पौष
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा एक लागिका स्थानियले नौ महिना पछि विद्युत मर्मत हुदा उज्यालो देख्न पाएका छन् । खार्पु गाउँपालिकाको आर्थिक सहयोगमा उक्त विद्युत सञ्चालनमा आएको स्थानिय नरेन्द्र शाहीले बताएका हुन् ।
विहिबार विद्युतको पावरहाउसमा बत्ति बलेको शाहीले बताएका हुन् । लाली खोला लघु जलविद्युत नौ महिना सम्म अवरुद्ध हुदा त्यस क्षेत्रका स्थानिय अन्धकारमा बस्दै आएका थिए । वडा एक लालि कै स्थानिय प्राविधिक जयबहादुर शाहीले उक्त आयोजनाको पावरहाउसमा मर्मत गरेको शाहीले बताएका हुन् ।
विद्युत विग्रदा लाली, गोप्का, देउखुरी लगाएतका गाउँका स्थानिय अन्धकारमा बस्दै आएका थिए । विहिबार विद्युत हाउसमा उज्याले भए पछि अबको एक दुई दिनमा खार्पुनाथ गाउँपालिका वडा एकका सबै गाउँमा विद्युत सुचारु हुने प्राविधिक जय बहादुर शाहीले बताउनुभयो ।
नौ महिना सम्म विद्युत मर्मत नहुदा त्यस क्षेत्रका स्थानियले सल्लाहको झरोको प्रयोग गर्दै आएको शाहीले बताउनुभयो । अब वडा एकका स्थानियले अन्धकारमा बस्नु पर्ने बाध्यता हटेको शाहीले बताएका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्