१६ चैत्र २०८०, शुक्रबार

विज्ञान सम्बन्धी अध्यायन अनुसन्धान गर्न चाहे प्रदेश सरकारले सहयोग गर्ने – मन्त्री बुढा

Khabarsabaiko बिहिबार, पुष २६, २०७५

बसन्त भण्डारी
सुर्खेत २६, पौष
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिहं बुढाले कर्णाली प्रदेशमा वातावरण तथा विज्ञान सम्बन्धी विषयमा अध्यान अनुसन्धान गर्न चाहेमा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ु अन्तर्गत प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले यस्तो बताउनु भएको हो ।

कर्णाली प्रदेशमा जडिबुडिलाई कसरी व्यवस्थापन गर्ने सकिन्छ भन्ने हिसाबले भेरी र कर्णालीका मानिसहरुलाई पाएक पर्ने छिन्चु क्षेत्रलाई जडिबुडि प्रसोधन क्षेत्रको रुपमा स्थापना गर्ने भनेर छनोट गरेको उहाँको भनार्इ छ । संघिय सरकारले ऐन कानुन नबनाइसकेको अवस्थामा प्रदेशलाई केहि समस्या परेको भन्दै मन्त्री बुढाले केही समयमानै समस्याको समाधान हुने बताउनु भयो । जनताले अनुभूति गर्ने खालको निती नियम बताउनको लागि सबैको साथ सहयोग सल्लाहको आधारमा अघि बढ्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बिज्ञान प्रविधि अध्यान संस्थान मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन प्रा।डा देव बहादुर खड्का देशमा भएका स्रोत साधनको प्रयोग कसरी गर्न सकिन्छ त्यसको बारेमा सबै क्षेत्र संग सहकार्य गरेर अघि बढेमात्र देश समृद्ध हने बताउनु भयो । कार्यक्रममा नेपाल सरकार वातावरण विभागका निरिक्षक भूपेन्द्र शर्माले स्वच्छ वातावरण सम्बन्धी एक कार्यपत्र पस्तुत गर्दै वातावरण संरक्षण ऐनको आधारमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउनु भयो ।

संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलीक हक अधिकार दिएकाले वातावरण स्वच्छ राख्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी भएको बताउनु भयो । कार्यक्रममा उपस्थित विद्यार्थी तथा अध्य सम्बन्धीत व्यक्तिहरुले आफ्नो जिज्ञासा राखेका थिए । सरकारले सम्भावना अध्यान मात्र नभएर के गर्न सकिन्छ त्यसको ठोस निति सहित अघि बढ्नु पर्ने उनिहरुको भनार्इ थियो ।

वातावरण विज्ञान केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालय किर्तिपुर काठमाडौँ तथा नेपाल सरकार वातावरण विभाग वन तथा वातावरण मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मध्पश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रिकास्टका प्रध्यापक डा। रामेश्वर अधिकारी, वातावरण विज्ञान केन्द्रिय विभाग विभागका सहप्रध्यापक डा सुदिप ठकुरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालय बिज्ञान तथा प्रविधि संकायका क्याम्पस प्रमुख कृष्ण प्रसाद चपाई लगायत विद्यार्थि तथा अन्य सम्वध्नित क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्