१२ मंसिर २०८०, मंगलबार

रास्कोट सामुदायिक अस्पतालको औपचारीक घोषणा कार्यक्रम सम्पन्न

Khabarsabaiko आइतबार, पुष २९, २०७५

धनगिरी फडेरा
पुष २९, कलिकाेट
कालिकोट जिल्लाको रास्कोट नगरपालिका स्थित गौतुकोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताल को औपचारीक घोषणा कार्याक्रम सम्पन्न भएको छ । एशियाकै नमुना १५ शैयाको सामुदायिक अस्पताल रास्कोटमा बन्ने औपचारीक घोषणा बाट  पक्का  भएको छ । एक कार्यक्रमका बिच रास्कोट सामुदायिक अस्पतालको फिल्ड भिजिट गरी, एक कार्यक्रमका बिच घोषणा भएको हो । यस कामलाई अगाडि बढाउने प्रमुख अभियान्ता संञ्चार कर्मी रवि लामिछाने, डाक्टरहरु, मुल आयोजना समितिका प्रतिनिधि र अस्पताल निमार्ण समितिका प्रतिनधि को पहलमा थालनि भएको हो ।

कालिकोटमा बिरामी हुदा सिटामलको ट्यावलेट किन्न सुर्खेत नेपालगन्ज काठमाण्डौ जस्ता ठुला सहर धाउने कालिकोट बासिको लागि खुसिको कुरा भएको छ । समयमा उपचार नपाउदा अकालमै मुत्यृ रोज्नु परेका कालिकोटका कुना कन्दराका बासिन्दाको मनमा खुसि पलाउन थालेको पाइन्छ ।

यस कार्याक्रममा पत्रकार रवि लामिछानेले अस्पताल बनाउन पार्टिको झण्डा नबोक्न सबैलाई आग्रह गरे र तिन तहका सरकार, हामि एक भएर लाग्यौ भने चाडै अस्पताल बन्नेछ भने । कर्णालि प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारीले देश विकासका लागि सबै एक भएर लाग्नु पर्छ भन्दै रास्कोट सामुदायिक अस्पताल निर्माण पहलका लागि अभियान कार्याक्रम उद्घाटन गर्दै विकासका लागि सबै एक जुट हुनु पर्ने बताए । रास्कोट सामुदायिक अस्पताल बनाउन एक करोड रुपैयाँ जम्मा भएको अभियान्ता डा. मुकुन्द ढकालले बताए ।

रास्कोट सामुदायिक अस्पताल निमार्ण अभियानको आधिकारीक घोषणा कर्णालि प्रदेशका  आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारी, नगर प्रमुख काशिचन्द बराल, हस्पिटलका अध्यक्ष तुलाराज सिम्खाडा र बरिष्ठ पत्रकार रवि लामिछाने  बाट संयुक्त रुपमा घोषणा गरीयोको थियो । अस्पताल निर्माणको जिम्मा र बाँकि काम पत्रकार रवि लामिछाने मार्फत हुने बताइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: